चितवन। देशको विभिन्न स्थानमा डिशहोम फाइबरनेटले आफ्नो सेवा विस्तार गरि सकेको छ। नेपालभर पुग्ने लक्ष्य लिएको डिशहोम फाइबरनेट हालै भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका, खैरहनी नगरपालिका र गैँडाकोटमा पुगेको जानकारी बिक्री प्रबन्धक मनोज शर्माले दिएका छन्।
डिशहोम फाइबरनेट नेपालका प्रमुख शहर काठमाडौँ, भक्तपुर, ललितपुर, हेटौडा, इनरुवा, इटहरी, बर्दिवास, बुटवल, विरगञ्ज, धरान, जनकपुर, विर्तामोड, ढल्केबर, बनेपा, धुलिखेल, कलैया, लाहान, भैरहवा, पनौती, पोखरा र बिराटनगर लगायत अन्य स्थानमा पुगिसकेको छ। छिटै नेपालगञ्ज र धनगढीमा पनि पुग्ने कम्पनीले जनाएको छ।
अब ग्राहकहरुलाई उत्कृष्ट तथा उच्च गतिको इन्टरनेट सवै भन्दा कम मुल्यमा डिशहोम फाइबरनेटले प्रदान गर्ने कम्पनीको दाबी छ।
ग्राहकहरुले मासिक मात्र रु ८९९ मानै १०० एमबीपीएस इन्टरनेटको मज्जा ५ जि ड्युल व्याण्ड राउटरको साथमा लिन सकिने छ।
अहिले नेपालीहरुको घर आँगनमा चाड पर्वको मौसम छाई सकेको छ, यो रमाईलो पर्वको मौसमा थप खुशीयाली र उत्साह थप्न डिशहोम फाईवरनेटले ‘ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन’ योजना सञ्चालन गरेको छ।
असोज ११ गतेदेखि लागू हुने यो योजना अन्तरगत डिशहोम फाइवरनेटको नयाँ कनेक्सन लिने चार जना भाग्यशाली ग्राहकहरु स्पेन घुम्न जान पाउने छन्। स्पेन जाने चार भाग्यशाली विजेताहरुको छनौट लक्की ड्र मार्फत गरिने छ।
लक्की ड्रको प्रत्यक्ष प्रशारण रमाईलो टिभी, सरोकार टिभी, रियालिटी टिभी र डिशहोमको अन्य च्यानलहरुमा हुने छ।