चितवन। नेकपा एमाले ओली समूह चितवन जिल्ला कमिटीको आज बसेकाे बैठकले दिलकुमारी रावल पार्वतीकाे संयाेजकत्वमा दशाैं जिल्ला अधिवेशन आयाेजक कमिटी गठन गरेको छ ।
जिल्ला अध्यक्ष कृष्णभक्त पाेखरेलकाे अध्यक्षतामा बसेकाे बैठकले अध्यक्षमा रावल , सचिवमा प्रकाश खनाल सहित ७ सय ३१ जनालाई जिल्ला अधिवेशन आयाेजक समिति सदस्यमा मनाेनयन गरेकाे हाे । साथै बैठकले साबिकका जिल्ला कमिटीमा रहेका सबै सदस्यहरुलाई जिल्ला सचिवालय सदस्यमा मनाेनयन गर्ने निर्णय गरेकाे छ ।
समितिका अध्यक्ष , सचिव र सदस्य हरुलाई प्रदेश सह-ईन्चार्ज काशीनाथ अधिकारीले एक समारोहका बिच पद तथा गाेपनियताकाे सपथ ग्रहण गराउनुभयाे । कार्यक्रममा पार्टीका प्रदेश अध्यक्ष आनन्द पाेखरेल, संघीय सांसद पाेखरेल, प्रदेश मन्त्री दावा लामा, नेताहरु जगन्नाथ थपलिया , बिजय सुवेदी, कृष्ण भुर्तेल लगायत रहनुभएकाे थियाे । सपथ लगत्तै नेकपा एमाले चितवन दशाै जिल्ला अधिबेशन आयाेजक कमिटीका अध्यक्ष दिल कुमारी रावल पर्बतीकाे अध्यक्षतामा आयाेजक कमिटीको बैठक बसेकाे छ ।