चितवन । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले पूर्णता पाएसंँगै दुर्घटना टरेको बताउनु भएको छ । शुक्रबार मन्त्रीमण्डल विस्तारसंँगै जनतामा रहेको अन्यौल र आंशका पनि हटेको प्रचण्डले बताउनु भयो ।
आज चितवन उद्योगसंघको ३० औं बार्षिक साधारण सभा एवम १६ औं अधिवेशनको उद्ध्घाटन गर्दै औद्योगिक नीतिको लागि पार्टी र सरकार दुबैको सहयोग हुने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
‘हिजोबाट दुर्घटना ट्रयो, उहांँले भन्नुभयो , पूर्ण अवधि यो सरकारले काम गर्छ । समय आएपछि निर्वाचन हुन्छ ।’ उहांँले भन्नुभयो ।
नीजि क्षेत्रको सहकार्यमा मात्र देशले समृद्धि प्राप्त गर्ने उहांँले बताउनु भयो । चितवन उद्योग संघले पीपीपी मोडलको अवधारणाको उदाहरण पेश गरेको भन्दै चितवन प्रर्दशनी केन्द्र निर्माण सम्पन्न गर्नको लागि पांँच करोड स्वीकृत बजेट ल्याउन लागिएको उहांँको भनाई छ ।
चितवनमा राष्ट्रिय गौरवका आयोजना निर्माण हुदै गएको भन्दै यसअघि अलपत्र भएका योजनालाई यो सरकारले सुचारु गरिने उहांँल बताउनु भयो ‘अब देश आर्थिक र औद्योगिक मोडलमा अघि बढ्छ प्रचण्डले भन्नुभयो ,यसको लागि राजनीति संङ्गलिनुपर्छ ।’ कृषिमा आधारित उत्पादन तथा उद्योगलाई प्राथमिकता दिनुपर्ने भन्दै उनले यसले मात्र आयात प्रतिस्थापन गर्न मदत पुग्ने र देश समृद्धिमा जान सक्ने उहांँको भनाई छ ।