तनहुँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ (किसान)ले तनहुँको नाम राख्ने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) जिल्ला कार्यसमिति तनहुँले शनिबार दमौलीमा आयोजना गरेको दसैँ, तिहार, छठ, इद, ल्होसार, नेपाल संवत्लगायत नेपालीका पर्वका अवसरमा शुभकामना आदानप्रदान तथा बृहत् जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले भने, “खाका नै बनाएर विकासका गर्छु । जनताले अनुभूति पाउने किसिमले काम देखाउने लक्ष्य छ ।”
दुई÷दुईपटक संविधान विघटन गरेर देशलाई बन्धक बनाउने कार्य गरिएकाले संविधानको रक्षा, अदालतको सम्मान र तनहुँवासी मतदाताको कदरको लागि आफूले सही निर्णय गरेको उनले बताए । रासस