चितवन । चितवनमा नवलपुरका एकजना कोरोना संक्रमितको मृत्यु भएको छ। चितवन मेडिकल कलेजमा उपचाररत मध्यविन्दु नगरपालिका वडा नं. ८ का ४२ वर्षीय पुरूषको मृत्यु भएको हो। ज्वरो, खोकी र स्वासप्रस्वाको समस्या भएका उनी यही बैशाख ९ गते अस्पतालको सघन उपचार कक्ष (आइसीयू)मा भर्ना भई उपचाररत थिए।
सोही क्रममा बैशाख १० गते कोरोना भाइरसको संक्रमण पुष्टि भएको अस्पतालका निर्देशक डा दयाराम लम्सालले बताए। उपचारकै क्रममा शनिबार बिहान करिब सवा ९ बजेको समयमा उनको मृत्यु भएको उनले बताए।