काठमाडौं । नेकपा एमालेको सुनसरी जिल्लाको इन्चार्जको जिम्मा जगदीश कुशवाहालाई दिइएपछि नेतृ भगवती चौधरीले बैठकको बीचमा उठेर हिँडेकी छन् ।शुक्रबार बालुवाटारमा बसेको एमाले महाधिवेशन आयोजक समिति बैठकले जिल्लाको इन्चार्जमा दाबी गरेकी चौधरीको स्थानमा कुशवाहालाई जिम्मेवारी दिइएपछि बीचमै उठेर नेतृ चौधरी बाहिरिएकी हुन् ।
बैठक चलिरहेकै बेला बालुवटारबाट बाहिरिएकी चौधरीलाई उनीसँगै बैठकमा उपस्थित भएका नेताहरुले बैठकबाट नबाहिरिन सम्झाइ बुझाइ गरे पनि उनले मानिन् । त्यसो त नेताहरुले बीचमै उठेर बैठक बहिष्कार नगर्न सुझाव दिँदै पुनः बैठकमा चौधरीलाई लगे । तर, १० मिनेट पनि बस्न सकिनन् नेतृ चौधरी अनि बाहिरिइन् बालुवाटारबाट ।
बाहिरिने क्रममा उनले भनिन्, ‘जे–जे गर्नु छ केपी ओलीले गर्छन् । मैले बोल्नु केहीँ छैन ।’ ०७४ को निर्वाचनमा विजयकुमार गच्छदारसँग पराजित भएकी हुन्, भगवती चौधरी । तर, चुनावमा गच्छदारले धाँधली गरेर चुनाव जितेको आरोप छ ।भगवती चौधरी सरकार पक्षबाट रेशम चौधरीको मुद्धा सम्बोधन गर्नका लागि गठित थारु दलका तर्फबाट प्रतिनिधित्व गरेकी थिइन् ।