जनकपुरधाम । नेपालमा महिलाकाे जनसंख्या अझ बढ्नसक्ने आँकलन गरिएकाे छ । २०६८ काे जनगणना अनुसार मुलुकमा महिलाकाे जनसंख्या ५१ प्रतिशत छ ।
तर, जन्मदर पुरुषभन्दा महिलाकाे बढी रहेकाे र वैदेशिक राेजगारीमा जानेमा पनि पुरुषकाे जनसंख्या बढी रहेकाले राष्ट्रिय जनगणना २०७८ मा महिलाकाे जनसंख्या अझ बढ्न सक्न आँकलन केन्द्रीय तथ्यांक विभागले गरेकाे हाे ।
जनकपुरधाममा आयाेजित ‘जनगणनासम्बन्धी मिडिया सचेतना कार्यशाला गोष्ठी’मा केन्द्रीय तथ्यांक विभागका निर्देशक केशव गौतमले ‘यस पटकको जनगणनामा पनि पुरुषभन्दा महिलाको जनसंख्या बढी हुनेसक्ने आँकलन’रहेकाे बताए ।
रोजगारीसहित अन्य कारणले मुलुक बाहिर गएकाहरुकाे गणना पनि हुन्छ । मुलुक बाहिर गएकामध्ये केहीकाे तथ्यांक छुट्नसक्न जाेखिम पनि रहन्छ ।
पुरुषभन्दा महिलाको आयु बढी रहेकाले पनि महिलाको जनसंख्या बढी हुने गरेकाे उनको भनाइ छ ।
२०६८ को जनगणना अनुसार मुलुककाे जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय छ। तर याे जनसंख्या बढेर ३ कराेड ८ लाख पुगेकाे विभागकाे तथ्यांक छ । यसबारे यकीन तथ्यांक जनगणनाबाट आउनेछ ।