चितवन । भरतपुर अस्पतालको ओपिडी सेवा भोलि बिहीबार० बन्द हुने भएको छ । बिहीबार नेपालीहरुको महान पर्व वडा दशैंको पहिलो दिन घटस्थापनाको अवसरमा अस्पतालको ओपिडी सेवा बन्द हुने भएको हो ।
अस्पतालले आज (बुधबार) एक सुचना जारी गर्दै बिहीबार ओपिडी सेवा बन्द हुने जानकारी दिएको हो । ओपिडी बाहेकका अन्य सेवा भने चौबिसै घण्टा खुल्ला रहने अस्पतालले जनाएको छ ।