चितवन। भरतपुर अस्पतालमा जनरल ओपिडी सेवा सुरु भएको छ । बिरामीको चाप बढेसँगै अस्पतालले हिजो (सोमबार ) देखि जनरल ओपिडी सेवा सुरु गरेको हो । अस्पतालका जनरल ओपिडीका कार्यक्रम संयोजक मेडिकल जनरलिष्ट डा. जगन्नाथ तिवारीले बिरामीहरुले लामो समयसम्म कुर्न नपरोस् भनेर सो सेवा सुरु गरिएको जानकारी दिए ।
डा.तिवारी अनुसार कतिपय बिरामीहरुलाई अस्पताल आएपछि जचाँउन थाहा नभएकोले बिरामीहरुका लागि यो सेवा सुरु गरिएको हो । उनले मेडिकल जनरलिष्ट र मेडिकल अफिसरले बिरामीको परीक्षण गर्ने र आवश्यकता अनुसार थप परीक्षण गर्नुपर्ने भए विशेषज्ञकहाँ पठाउने बताए । उनले बिहान ८ः३० बजेदेखि दिउसो ३:०० वजेसम्म जनरल ओपिडी सेवा सञ्चालन हुने जानकारी दिए ।
सरकारी यस अस्पतालमा चितवनसहित छिमेकी १९ भन्दा बढी जिल्लाबाट बिरामी उपचारका लागि आउने गरेका छन् ।