चितवन । नेकपा एकीकृत समाजवादी पार्टीको रत्ननगर कमिटी घोषणा भएको छ । उक्त पार्टीले बद्रीनाथ घिमिरेको अध्यक्षतामा १ सय १ सदस्यीय कमिटी नगर कमिटी घोषणा गरेको हो ।
पार्टीको नगर कमिटी उपाध्यक्षमा हरिकुमार श्रेष्ठ, एन्जिला कुँवर, सचिवमा रामहरि अधिकारी, उपसचिवमा इश्वरराज अधिकारी चयन भएका छन् । नेकपा एस चितवनका प्रवक्ता विष्णुराज महतोले रत्ननगरका १६ मध्ये १२ वडा वडा कमिटी गठन भइसकेको बताए ।
नगर कमिटिलाई पार्टी केन्द्रीय सचिव रामकुमारी झाक्रिले सपथग्रहण गराएकी थिइन् । भदौ २५ मा नेकपा एसको जिल्ला कमिटी र भरतपुर महानगर कमिटी घोषणा गरेको थियो ।