काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल अस्पताल भर्ना भएका छन् । नेपाललाई ज्वरो र खोकीको समस्याका कारण आज त्रि.वि. शिक्षण अस्पताल महाराजगन्जमा भर्ना गरिएको उनको सचिवालयले जनाएको छ । उनको स्वास्थ्य सामान्य रहेको बताइएको छ ।
“उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको र केही दिन आरामसहित उपचार गर्नुपर्ने चिकित्सकहरूको सल्लाह छ । उहाँको उपचारमा त्रि.वि. शिक्षण अस्पतालका वरिष्ठ छाती रोग विशेषज्ञ डा. सन्तकुमार दाससहितको टोली संलग्न रहेको छ,” उनको सचिवालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “स्वास्थ्य संवेदनशीलताका कारण अस्पतालमा भेटघाट बन्द गरिएको व्यहोरा सम्बन्धित सबैमा अनुरोध छ ।”