काठमाडौं । विभागीय क्लब एपीएफ र नेपाल पुलिस क्लबले आ–आफ्नो खेल जित्दै राष्ट्रिय महिला तथा पुरुष एनभीए क्बल भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा स्थान बनाएका छन् ।
महिलातर्फको पहिलो खेलमा नेपाल पुलिस क्लबले ढोरपाटनलाई ३–० को सेटमा हराएको हो । पुलिस क्बलले ढोरपाटनमाथि २५–१३, २५–१४, २५–११ को स्कोरमा हराएको हो । जितसँगै समूह ‘ए’ मा रहेको पुलिस क्लबले अन्तिम चारमा स्थान बनाएको छ ।
महिलातर्फ ६ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । ६ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । एक समूहमा तीन टोली मात्र भएका कारण पुलिस क्लबले एक खेलजित्ने वित्तिकै अन्तिम चारमा स्थान बनाएको हो । दुई समूहबाट शीर्ष दुई क्लबले अन्तिम चारमा स्थान बनाउनेछन् । ढोरपाटन यसअघि एपीएफसँग ३–० को सोझो सेटमा हारेको थियो । समूह ‘ए’ को विजेता र उपविजेता टुंगाउनका लागि भोली एपीएफ र नेपाल पुलिस क्लबले प्रतिस्पर्धा गर्नेछन् ।
आजै दोस्रो खेलमा त्रिभुवन आर्मी क्लबले एभरेष्ट भलिबल क्लबलाई २५–१२, २५–१३, २५–२१ को सोझो सेटमा हरायो । त्रिभुवन आर्मी पनि समूह ‘बी’बाट अन्तिम चारमा स्थान बनायो । त्रिभुवन आर्मीले अब समूह विजेताका बन्नका लागि न्युडायमण्ड एकेडेमीसँग प्रतिस्पर्धा गर्नेछ ।