सर्लाही। सर्लाहीको गोडैतामा ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएकाे छ । मंगलवार गोडैता नगरपालिका–२, स्थित सिमरा भगवतीपुरमा ट्याक्टरको ठक्करबाट विपरित दिशाबाट आउँदै गरेको बिआर ०७ भि ५३१६ भारतीय नम्बरको मोटरसाइकल चालक गोडैता नगरपालिका–६, बग्दहका २३ वर्षका रुपेश बैठाको मृत्यु भएकाे जिल्ला प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद बुडाथोकीले जानकारी दिए
उनका अनुसार ना ६ त ८५४ नम्बरको ट्याक्टरको ठक्करबाट बैठाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । प्रहरीले ठक्कर दिने ट्याक्टर नियन्त्रणमा लिएको छ ट्याक्टर चालक घटना लगतै फरार रहेकले उनकाे खोजी कार्य भइरहेको उनले जानकारी दिए ।
यसैबीच, सर्लाहीको लालबन्दी नगरपालिका स्थित भोर्लेनीमा अटो रिक्सा र पिकअप भ्यान आपसमा ठोक्किँदा अटोमा सवार ६ जना घाइते भएका छन् ।