भरतपुर ।पर्यटन दिवसको अवसरमा आयोजित वक्तृत्वकला प्रतियोगितामा परिवेश चपागाईं प्रथम भएका छन् । चितवन र नवलपुरका ७लियो क्लबलाई पछि पार्दै लियो क्लब अफ भरतपुर युथका चापागाईं प्रथम भएका हुन् । ४२ औँविश्वपर्यटन दिवसको अवसरमा लियो क्लब अफ गीतानगरले कोरोनाले थलिएको पर्यटन विकासमा युवा र युवा आवद्ध सामाजिक संस्थाको भूमिका बिषयमा उक्त प्रतियोगिता आयोजना गरेको थियो ।
प्रतियोगितामा लियो क्लब अफ चितवन पर्साका देवेन्द्रश्रेष्ठ द्धितीय हुँदा लियो क्लब अफ चितवन विरेन्द्रनगरका अन्जना सिलवाल तृतीय भएकी थिईन् । विजेताहरुलाई नगद र प्रमाणपत्र द्धारा पुरस्कृत गरिएको कार्यक्रम संयोजक शान्ति रिमालले जानकारी दिईन ।
भरतपुर महानगरपालिका वडा नम्बर १३ का वडा अध्यक्षप्रकाश दवाडी, पर्यटन व्यवसायीसुमन घिमिरे, देभेन लोहनी लगायतको उपस्थितीमा उनीहरुलाई पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रमको निर्णायकको रुपमा क्षेत्रीय होटल संघ सौराहा चितवनका निर्वतमान अध्यक्ष सुमन घिमिरे, संचारकर्मी अपिल घिमिरे र सविता अधिकारी रहनु भएको थियो ।
भरतपुर १३, पृथ्वीनगरको कमलपोखरी तथा दुर्गा मन्दिरको परिसरमा भएको प्रतियागितामा लायन्सको जि.एस.टी कोडिनेटर कमल प्रसाद श्रेष्ठ, लियो क्लब अफ गीतानगरका संस्थापक अध्यक्ष अशोक कोइराला, लियो डिस्ट्रक काउन्सील ३२५ बि २ काएक्जुकेटिभ सेक्रेटरी पुरुषोत्तमसुवेदी, लियो डिस्ट्रक काउन्सील ३२५ बि २ का एरिया कोडिनेटर विज्ञान पौडेल, लियो डिस्ट्रक काउन्सील ३२५ बि २ का रिजन कोडिनेटर दिपेश ज्ञावाली र लियो क्लब अफगितानगरका पुर्व अध्यक्षहरुको उपस्थिती रहेको थियो । उपस्थितहरुले कोभिडका कारण थलापरेको पर्यटन विकासमा यस्ता कार्य उपलब्धिमुलकहुने बताएका थिए । लियो क्लब अफ गितानगरका अध्यक्ष विवेक पोख्रेलले क्लबले पर्यटकीय गतिविधी र पश्चिम चितवनका पर्यटकीय स्थलहरुको प्रचार प्रसारका लागि निरन्तर कामगर्ने समेत बताएका थिए ।
देवराज सापकोटा सम्मानीत
क्लबले पश्चिमचितवनको पर्यटन विकासमा महत्वपूर्ण भुमिकानिर्वाह गरेको भन्दै भरतपुर ६ निवासी देवराज सापकोटालाई सम्मान गरेको छ । वरण्डाभार क्षेत्रमाहात्ती सयर र ट्रयाकिङ्ग पर्यटनको शुभारम्भ सँगै पश्चिमचितवनको पर्यापर्यटन विकासमा नेतृत्व गरेको भन्दै क्लबले विश्वपर्यटन दिवसको अवसर पारेर कदर पत्र सहित सम्मान गरेको हो।