जाजरकोट। नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्र्तगत जाजरकोटका सात स्थानीय तहमा भएको अधिवेशनमा सभापति शेरबहादुर देउवा पक्ष बलियो देखिएको छ । सात वटा पालिकामध्ये देउवा पक्षका चार र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका दुई जनाले सभापति जितेका छन् । एक पालिकामा जित्ने सभापति तठस्थ छन् ।
छेडागाड नगरपालिकाका देउवा पक्षकै टोपेन्द्र अधिकारी सभापतिमा निर्वाचित भएका छन् । शिवालयमा देउवा पक्षकै जसवीर ओली र जुनिचाँदेमा वीरेन्द्र शाही निर्वाचित भएका छन् ।
कुशे गाउँपालिकामा पनि देववा पक्षका अम्मरबहादुर शाही बिजयी भएका छन् । कुशेमा पौडेल पक्षले निर्वाचन नै बहिस्कार गरेको थियो । त्यस्तै रामचन्द्र पौडेल पक्षका सभापतिमा नलगाड नगरपालिकाका जयबहादुर सिंह, बारेकोट गाउँपालिकामा रामचन्द्र ज्योती निर्बाचित भएका छन् । भेरीमा निर्वाचित शशि बुढा कुनै पक्षमा खुलेका छैनन् ।