अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–७ सुपामा एक जना युवा मृत अवस्थामा फेला परेका छन् ।
सन्धिखर्क नगरपालिका–७ सुपा देउराली मन्दिर नजिकको झोलुङ्गे पुल छेउमा कपिलवस्तुको बुद्धभूमि नगरपालिका–९ का २० वर्षीय अनिल बादीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्रबहादुर मल्लले बताउनुभयो ।
बादी आइतवार बिहान सुपा देउराली मन्दिर दर्शनका लागि गएका तर त्यही दिनदेखि सम्पर्कविहीन भएपछि परिवारले प्रहरीमा जानकारी गराएको थियो ।
खोजीका क्रममा हिजो दिउँसो झोलुङ्गे पुल नजिक मृत अवस्थामा भेटिएको डीएसपी मल्लको भनाइ छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।