मेष: रोकिएका महत्त्वपूर्ण कामको थालनी हुनेछ। सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ। सञ्चार माध्यमबाट शुभ समाचार प्राप्त होला। प्रेम र मित्रताको बन्धन कसिने बेला छ। चलाखीपूर्ण बोलीले कार्यसिद्ध हुन सक्छ।भाग्यशाली रङ हरियो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६९, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५० र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ४३ र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज अग्रज व्यक्तिसँग सुझाव लिने। दक्षिण दिशाको यात्रा नगर्ने।
वृष: दैनिक कार्यमा प्रगति हुनेछ। घरमा अतिथिको आगमन होला। प्रेम सम्बन्ध र प्रणय प्रसङ्गका लागि समय श्रेष्ठ छ। साँझमा सहकर्मीबाट विरोध आउन सक्छ। छोटो दूरीको लाभदायक यात्रा हुन सक्छ। शुभकार्यको चर्चा चल्नेछ।भाग्यशाली रङ खैरो र अङ्क ७ हो। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६०, सेयर बजारमा ७३, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। कालो रङको प्रयोग नगर्ने।
मिथुन: क्षणिक आवेग र उन्मादलाई नियन्त्रण गर्नु बेस हुन्छ। खर्चको मात्रा वृद्धि हुनेछ। अभिभावकको सल्लाहअनुरूप चल्न सके राम्रो हुन्छ। अधुरो वैदेशिक कार्य सहजै अघि बढ्नेछ।भाग्यशाली रङ सेतो र अङ्क १ हो। प्रेम र सम्बन्धमा ४०, व्यापारमा ३५, सेयर बजारमा ४९, वैदेशिक कार्यमा ६० र शिक्षामा ४२ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ३७, यात्राको योग ३८ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विष्णु भगवान्लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। हरियो रङको प्रयोग नगर्ने।
कर्कट: आफ्नै दक्षतामा विभिन्न कार्य सम्पन्न हुनेछन्। धार्मिक र सांस्कृतिक महत्त्वको क्षेत्रमा भ्रमण हुनेछ। वैदेशिक क्षेत्रबाट सफलता मिल्ला। प्रेमीको सुझावले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ। रमाइलो र यादगार यात्रा होला।भाग्यशाली रङ पहेँलो र अङ्क ३ हो। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६४, सेयर बजारमा ७९, वैदेशिक कार्यमा ७२ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। खरानी रङको प्रयोग नगर्ने।
सिंह: दिन भाग्यशाली भएर देखा पर्नेछ। कुनै कुराले मनमा शान्ति छाउनेछ। अरूलाई प्रभावित पारेर काम बन्नेछ। शुभ समाचार सुन्न पाइएला। प्राविधिक क्षेत्रमा विशेष रुचि बढ्नेछ। पुनर्मिलनको योग छ।भाग्यशाली रङ घ्यू रङ र अङ्क २ हो। प्रेम र सम्बन्धमा ५५, व्यापारमा ६१, सेयर बजारमा ४२, वैदेशिक कार्यमा ७१ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ८०, यात्राको योग ८१ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भैरवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। झुट नबोल्ने।
कन्या: दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। प्रेमी/प्रेमिकाबाट विशेष सहयोग मिल्ला। धार्मिक क्षेत्रमा सफलता मिल्न सक्छ। दूरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ।भाग्यशाली रङ पर्पल र अङ्क ८ हो। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६७, सेयर बजारमा ७५, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज नवग्रहलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। तामसिक भोजन नगर्ने।
तुला: क्रोध, प्रतिशोध, रिसराग र उत्तेजनामाथि नियन्त्रण गर्नु राम्रो हुनेछ। नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला। साँझमा शुभ समाचार मिल्नेछ। प्रेमीसँगको सम्बन्ध यथावत रहनेछ।भाग्यशाली रङ हरियो र अङ्क २ हो। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ३५, सेयर बजारमा ४१, वैदेशिक कार्यमा ३७ र शिक्षामा ४१ प्रतिशत सफलता मिल्नेछ। यसैगरी स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ४३ र सम्पूर्ण भाग्याङ्क ४२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। खैरो रङको प्रयोग नगर्ने।
वृश्चिक: मिठोमसिनो भोजनको अवसर आउला तर स्वास्थ्यसम्बन्धी समस्या भने देखिन सक्छ। आफन्तको साथ र सहयोग मिल्नेछ। सामूहिक र रमाइलो यात्रा हुनेछ। पुरानो समस्या सुल्झिएला। प्रिय व्यक्तिसँग भेटघाट हुनेछ।भाग्यशाली रङ निलो र अङ्क ९ हो। प्रेम र सम्बन्धमा ८०, व्यापारमा ६६, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ६२ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ७२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। सेतो रङको प्रयोग नगर्ने।
धनु: लगनशीलताले कामहरू अगाडि बढ्नेछन्। जुक्तिको प्रयोग गर्न सके एकपछि अर्को अवसर आउनेछ। प्रेम सम्बन्ध र प्रणय प्रसङ्गका लागि समय श्रेष्ठ रहेको छ। व्यवसायमा सफलता र आर्थिक सहयोग मिल्नेछ।भाग्यशाली रङ कालो र अङ्क ९ हो। प्रेम र सम्बन्धमा ५५, व्यापारमा ६५, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ७६, यात्राको योग ६० र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भैरवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। तनाव नलिने।
मकर: मन खुसी र प्रसन्न रहनेछ। एकपछि अर्को अवसर आउनेछ। वैदेशिक क्षेत्रमा गरिएका कार्यले अन्ततः फाइदा नै पुर्याउनेछन्। कलकारखाना र बन्दव्यापारबाट फाइदा हुनेछ। लक्ष्मी प्रसन्न हुने योग छ।भाग्यशाली रङ आकासे र अङ्क ३ हो। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६९, सेयर बजारमा ७२, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ७३ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। छलकपट नगर्ने।
कुम्भ: आयव्यय बराबर रहनेछ। शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ। दैनिक व्यवहारमा खर्च बढ्न सक्छ। साँझमा क्षमता प्रदर्शन गर्ने क्रममा पदोन्नतिको ढोका खोलिनेछ।भाग्यशाली रङ घ्यू रङ र अङ्क ६ हो। प्रेम र सम्बन्धमा ४८, व्यापारमा ४१, सेयर बजारमा ३४, वैदेशिक कार्यमा ४८ र शिक्षामा ३७ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ५०, यात्राको योग ३५ र सम्पूर्ण भाग्याङ्क ३९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज बिघ्नहर्ता गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। अखाद्य वस्तुको सेवन नगर्ने।
मीन: पारिवारिक जमघटको वातावरण बन्ला। प्रेम जीवन सफल रहनेछ। स्वादिष्ट भोजनको विशेष अवसर मिल्ला। राजनीतिक र सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ।भाग्यशाली रङ रातो र अङ्क ८ हो। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ८१, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ८० र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ७५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज दुर्गाजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। उत्तर दिशा नजाने।