चितवन। जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक राजन लिम्बुको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले ६३ जना प्रहरी उपरीक्षकको सरुवा गर्ने क्रममा चितवन प्रहरी प्रमुखको झापामा सरुवा गरेको हो ।
अब, चितवन प्रहरीको कमाण्ड एसपी गोबिन्द पुरीले सम्हाल्नुहुनेछ । उहाँ यसअघि नेपाल प्रहरी प्रधान कार्यालयको आर्थिक प्रशासन तथा प्रबन्ध निर्देशनालय नक्सालमा कार्यरत हुनुहुन्थ्यो । पुरी २०६२/६३ को जनआन्दोलनको समयमा चितवनमै प्रहरी निरिक्षक हुनुहुन्थ्यो।