चितवन । भरतपुर महानगरपालिका–७ को बुद्धचोक देखि कटहर चोकसम्म र यसको आसपासका क्षेत्रमा आज दिनभर विद्युत् अवरुद्ध हुने भएको छ ।
यस क्षेत्रमा ११ केभी प्रसारण लाइनको स्तरोन्नतीका लागि विद्युती संरचना स्थानान्तरण गर्नुपर्ने भएकाले बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म विद्यत् अवरुद्ध हुने नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले जानकारी दिएको छ ।
निर्धारित समय अगाडि नै काम सम्पन्न भए छिट्टै विद्युत सुचारु हुने वितरण केन्द्रले जनाएको छ ।