मेष : मनोरञ्जनमा सहभागिता हुनेछ। नयाँ र शुभ समाचार प्राप्त हुनेछ। घरमा अतिथिको आगमन हुनेछ। शुभ कार्यमा संलग्न हुने अवसर मिल्नेछ। प्रेमी/प्रेमिकाबाट विशेष सहयोग प्राप्त हुनेछ। टाढा रहेका आफन्तसँग सम्बन्ध जोडिनेछ।भाग्यशाली रङ खैरो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ५०, सेयर बजारमा ४१, वैदेशिक कार्यमा ६४ र शिक्षामा ५९ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ६२, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले निमुखा प्राणीलाई खानेकुरा दिएर कार्य प्रारम्भ गर्ने। सजिलै अरूको विश्वास नगर्ने।
वृष : लाभहानी, आयव्यय र सुखदुख बराबर रहने छ। मन खिन्न हुनसक्छ। प्रतिष्ठित व्यक्तिहरूसँग मित्रतापूर्ण सम्बन्ध बन्नेछ तर आफ्नो अधिकारका लागि संघर्ष गर्नुपर्ला। कुनै पनि काममा होसियारी अपनाउनुहोला।भाग्यशाली रङ रातो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ३५, व्यापारमा ४०, सेयर बजारमा ५५, वैदेशिक कार्यमा ४२ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ४०, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भोकालाई भोजन दिएर कार्य प्रारम्भ गर्ने। झुट नबोल्ने।
मिथुन : शुभ समाचार प्राप्त हुनेछ। मनका अनावश्यक कौतुहल मेटिनेछन्। उत्साह र उमङ्ग बढ्नेछ। जोश, जाँगर र हिम्मतमा वृद्धि हुनेछ। एकपछि अर्को अवसरले मन प्रसन्न रहनेछ। वैदेशिक कार्यबाट फाइदा हुनेछ।भाग्यशाली रङ आकासे र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ६९, व्यापारमा ७१, सेयर बजारमा ६१, वैदेशिक कार्यमा ७६ र शिक्षामा ४० प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ५१, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले असहायलाई सहयोग गरी कार्य प्रारम्भ गर्ने। कालो रङको प्रयोग नगर्ने।
कर्कट : इच्छा र आकाङ्क्षा पूरा हुनेछन्। नयाँ ज्ञान सिक्ने अवसर प्राप्त हुनेछ। सञ्चार माध्यमबाट शुभ समाचार आउनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। शैक्षिक र प्राविधिक कार्य सहजै सम्पन्न हुनेछन्। चलाखीपूर्ण बोलीले काम बन्नेछ।भाग्यशाली रङ सेतो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ५४, सेयर बजारमा ५६, वैदेशिक कार्यमा ६३ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ७७ र सम्पूर्ण भाग्याङ्क ७९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विद्यार्थीलाई सहयोग गरी कार्य प्रारम्भ गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।
सिंह : आफ्नै दक्षताले कार्यहरू सम्पन्न हुनेछन्। सही समयमा सही निर्णय लिन सकिनेछ। चुनौतीलाई जितेर काम बनाउन सकिनेछ। प्रेम र प्रणयप्रसंगका लागि उत्तम समय छ। आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ। व्यवसायमा सफलता र आर्थिक सहयोग मिल्नेछ।भाग्यशाली रङ निलो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ६३, व्यापारमा ६२, सेयर बजारमा ६०, वैदेशिक कार्यमा ७७ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ। यसैगरी स्वास्थ्य अनुकूलता ७६, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा दही खाई कार्य प्रारम्भ गर्ने। खैरो रङको प्रयोग नगर्ने।
कन्या : आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नुपर्ला। क्षणिक आवेग र उन्माद नियन्त्रण गर्नुहोला। सम्पत्ति हराउने र साँझमा खर्च बढ्ने सम्भावना छ। दैनिक व्यवहारमा खर्च बढ्न सक्छ। निर्णायक क्षमतामा कमी आउन सक्छ।भाग्यशाली रङ हरियो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ३४, व्यापारमा ४२, सेयर बजारमा ३९, वैदेशिक कार्यमा ४० र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ६१, यात्राको योग ४९ र सम्पूर्ण भाग्याङ्क ४५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान् शंकरजीको दर्शन गरी कार्य प्रारम्भ गर्ने। कालो रङको प्रयोग नगर्ने।
तुला : आफन्तको साथ र सहयोग प्राप्त हुनेछ। काम देखाएर अरूको मन जित्न सकिनेछ। रमाइलो र सामूहिक यात्रा हुनेछ। नजिकका मित्रसँग भेटघाट हुनेछ। शुभ कार्य र सांस्कृतिक गतिविधिमा संलग्न हुने अवसर मिल्नेछ। पुराना समस्या समाधान हुनेछन्।भाग्यशाली रङ पर्पल र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ८१, व्यापारमा ६९, सेयर बजारमा ५२, वैदेशिक कार्यमा ५६ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ६८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीको दर्शन गरी कार्य प्रारम्भ गर्ने। छलकपट नगर्ने।
वृश्चिक : दैनिक कार्यहरूमा प्रगति हुनेछ। आँटेको र ताकेको कार्य अघि बढ्नेछ। स्वादिष्ट भोजनको अवसर मिल्नेछ। नयाँ कार्यको थालनी हुनेछ। राजनैतिक र सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय छ।भाग्यशाली रङ खैरो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६०, सेयर बजारमा ६२, वैदेशिक कार्यमा ५२ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५४ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा गुड खाएर कार्य प्रारम्भ गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।
धनु : रोकिएको काम दोहोर्याएर प्रयास गर्दा फाइदा हुनेछ। कुनै समाचारले मनमा शान्ति छाउनेछ। शुभ कार्य र धार्मिक/सांस्कृतिक क्षेत्रमा भ्रमण हुनेछ। विशिष्ट व्यक्तिको सहयोग प्राप्त हुनेछ। नयाँ कामको थालनी हुनेछ। अन्योलका बीच उन्नतिको मार्ग बन्नेछ।भाग्यशाली रङ रातो र अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६७, सेयर बजारमा ४३, वैदेशिक कार्यमा ५८ र शिक्षामा ५० प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले पितृ देवताको आशीर्वाद लिएर कार्य प्रारम्भ गर्ने। सजिलै अरूको विश्वास नगर्ने।
मकर : मित्रहरूले दिएको वचन फेरिन सक्छ। झुटा आरोप लाग्दा समस्या हुनसक्छ। खर्च बढ्न सक्छ। अभिभावकको सल्लाहअनुसार चल्नु राम्रो हुनेछ। अधुरा वैदेशिक कार्य भने सहजै अघि बढ्नेछन्। महत्त्वपूर्ण अवसर गुम्न सक्छ।भाग्यशाली रङ पहेँलो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४४, सेयर बजारमा ४६, वैदेशिक कार्यमा ७७ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ३७, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले निमुखा प्राणीलाई खानेकुरा दिएर कार्य प्रारम्भ गर्ने। तामसिक भोजन नगर्ने।
कुम्भ : धर्म, कर्म, परोपकार र समाजसेवामा मन लाग्नेछ। कुनै कुराले मनमा शान्ति छाउनेछ। अरूलाई प्रभावित पारेर काम बन्नेछ। शुभ समाचार प्राप्त हुनेछ। प्राविधिक क्षेत्रमा रुचि बढ्नेछ। पुनर्मिलनको योग छ।भाग्यशाली रङ गुलाबी र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६२, सेयर बजारमा ५६, वैदेशिक कार्यमा ७४ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले रोगीलाई सहयोग गरी कार्य प्रारम्भ गर्ने। छलकपट नगर्ने।
मीन : एकपछि अर्को अवसरले मन प्रसन्न रहनेछ। धर्म, कर्म, परोपकार र समाजसेवामा रुचि बढ्नेछ। कुनै कुराले मनमा शान्ति छाउनेछ। नयाँ कार्यको थालनी हुनेछ। वैदेशिक लगानी वा नयाँ ठाउँमा लगानीको वातावरण बन्नेछ।भाग्यशाली रङ सेतो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ६८, सेयर बजारमा ६३, वैदेशिक कार्यमा ५४ र शिक्षामा ७४ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले वृक्षरोपण गरी कार्य प्रारम्भ गर्ने। उत्तर दिशा नजाने।