चितवन। भरतपुर महानगरपालिका -७ प्रेमबस्ती चोकमा शुक्रबार दिउसो बोलेरोले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर ६ स्थित इन्द्रपुरी बस्ने ५२ वर्षीया लक्ष्मी वाग्ले रहेकी छिन् ।
गितानगरबाट भरतपुर तर्फ अण्डा लिएर आइरहेको ना ५च २६४४ नम्बरको बलेरोले सोही दिसा तर्फ गइरहेको ना५४प १७९५ नम्बरको स्कुटरलाई ठक्कर दिँदा वाग्लेको मृत्यु हो ।
बोलेरोको ठक्करबाट स्कुटरमा सवार वाग्ले गम्भीर घाइते भएकी थिइन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार वाग्लेलाई उपचारका लागि भरतपुर अस्पतालमा पठाएकोमा चिकित्सकले तत्काल मृत घोषणा गरेका थिए ।