काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले नागरिक अधिकारले मात्रै राज्य बलियो नहुने टिप्पणी गर्नुभएको छ ।
प्रेस चौतारी नेपालको दोस्रो केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्नुहुँदै पोखरेलले राज्यलाई बलियो बनाउन जनता अधिकारले सम्पन्न र कर्तव्यप्रति प्रतिबद्ध हुनुपर्ने बताउनुभयो ।
‘राज्यलाई बलियो बनाउन जनता अधिकारले सम्पन्न र कर्तव्यप्रति प्रतिबद्ध हुनुपर्छ ।’ महासचिव पोखरेलले भन्नुभयो ‘नागरिक राज्यप्रति कर्तव्यनिष्ठ हुनुपर्छ । ‘नागरिकले अधिकार मात्रै खोज्ने र कर्तव्य पालना नगर्ने हो भने राज्य कमजोर हुने दाबी गर्दै पोखरेलले कमजोर राज्यले नागरिक अधिकारको संरक्षण गर्न नसक्ने बताउनुभयो ।
नागरिक आफू बलियो बन्नलाई राज्य बलियो बनाउन एकजुट हुनुपर्ने पोखरेलको भनाइ छ । हरेक नागरिकले देशमा केही छैन भनेर निराशा छर्नुभन्दा पनि देशमै गरे सम्भव छ भनेर आशाका किरण फैलाउनुमा पोखरेलमा जोड दिनुभयो । नेपाललाई कमजोर बनाउन अचेल नियोजित रूपमा प्रहार हुन थालेकोमा चिन्ता व्यक्त गर्दै महासचिव पोखरेलले नागरिक र राज्यबीचको सम्बन्ध सुमधुर हुनुपर्ने बताउनुभयो ।