चितवन । माडी जेसीजका सदस्यलाई मौलाकालिका अस्पतालले स्वास्थ्य सेवामा सहुलियत दिने भएको छ । माडी जेसीज र अस्पताल बिच बिहिबार छुट दिने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
माडी जेसीज संस्थामा आवद्ध सदस्यलाई उक्त छुट दिने व्यवस्था गरिएको संघका अध्यक्ष ईश्वर रानाभाटले बताउनुभयो । सम्झौता पत्रमा हस्ताक्षर गर्दै रानाभाटले आफ्ना सदस्यलाई दिने सेवा सुविधा बृद्धि गर्नको लागि संस्था प्रयत्नशिल रहेको बताउदै स्वास्थ्य सेवा सहुलियत उपलब्ध गराउने मौलाकालिका अस्पताललाई आभार व्यक्त गर्नुभयो ।
कार्यक्रममा मौलाकालिका अस्पताल भरतपुरका प्रवन्ध निर्देशक रमेश घिमिरे ज्युले माडी जेसीज सदस्यलाई सेवा सुविधा दिन पाउदा खुशी लागेको बताउदै आगामी दिनहरूमा पनि यस किसिमका छुट उपलब्ध गराउदै लैजाने बताउनुभयो ।
सहुलियत सुविधा प्राप्त गर्नको लागि माडी जेसीजका सदस्यहरूले संघबाट उपलब्ध गराईएको सदस्यता परिचय पत्र देखाउनु पर्ने मौलाकालिका अस्पताल भरतपुरका प्रवन्ध निर्देशक रमेश घिमिरेले जानकारी दिनुभयो । मौलाकालिका अस्पतालमा संघका सदस्यहरूले बेडचार्ज, ल्यावटेष्ट, इसिजि, इको, एक्सरे लगायतको सेवामा २५ प्रतिशत र फार्मेसीमा ५ प्रतिशत छुट पाउने संघका बोर्ड सदस्य चुडामणी घिमिरे बताउनुभयो ।
साथै माडी जेसीज का सदस्य अन्य सदस्यहरूले समेत सो सुविधा प्राप्त गर्ने मौलाकालिका अस्पताल भरतपुरका प्रवन्ध निर्देशक डा. रमेश घिमिरे बताउनुभयो । सम्झौता पत्रमा माडी जेसीजका अध्यक्ष ईश्वर रानाभाट र मौलाकालिका अस्पताल भरतपुरका प्रवन्ध निर्देशक डा. रमेश घिमिरेले हस्ताक्षर गर्नुभएको हो ।हस्ताक्षर समारोहमा माडी जेसीजका कानुनी सल्लाकार जेसी सुनिल गौतम,कोषध्यक्ष जेसी प्रकाश सुवेदी उपाध्यक्ष जेसी उत्तम अधिकारीको उपस्थित रहेको थियो ।