चितवन । भरतपुर महानगरपालिका–५ नारायणपुर चोकमा पछ्यौरी मोटरसाइलमा अड्किएर एक महिला घाइते भएकी छन् ।
बिहीबार राति साढे ९ बजेको समयमा पैदलयात्री नारायणपुर चोक बस्ने ६० वर्षीय भगवती खनालको पछ्यौरी ना ४३ प ८४२२ नम्बरको मोटरसाइकलमा अड्किन गई लडेर उनी घाइते भएकी हुन् ।
गम्भीर घाइते खनालको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले बताएको छ । मोटरसाइकलको कागजपत्र प्रहरीले नियन्त्रणमा लिएको छ ।