काठमाडौं । चालु आर्थिक वर्षको नौ महिनामा नेपालमा १६ करोड रुपैयाँ बढीको कण्डम आयात भएको छ । भन्सार विभागको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको नौ महिनामा १६ करोड ६९ लाख आठ हजार रुपैयाँ बराबरको कण्डम आयात भएको हो ।
संख्याका हिसाबले यस अवधिमा दुई करोड २६ लाख ९५ हजार दुई सय ६६ थान कण्डम आयात भएको विभागको तथ्याङ्कले देखाएको छ । अघिल्लो आर्थिक वर्ष नेपालमा तीन करोड ९२ लाख ३२ हजार आठ सय ५० थान कण्डम आयात भएको थियो ।