काठमाडौँ । पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने बन्दी प्रत्यक्षीकरणको निवेदन लिएर सर्वोच्च अदालत पुगेका छन्।
गैरकानुनी रूपमा थुनामा राखिएको लामिछाने पत्नी निकिता पौडेलले आज अदालत पुगेर निवेदन दर्ता गराएकी हुन्। अदालतका प्रवक्ता अच्यूत कुइँकेलका अनुसार लामिछानेको निवेदन केही बेरअघि दर्ता भइसकेको छ।
लामिछानेले आफूलाई प्रचलित कानूनविपरीत थुनामा राखिएको र थुना संविधानविपरीत भएको दाबी गरेका छन्।
यसअघि थुनामा पठाउने उच्च अदालतको आदेश बेरितको भएको भन्दै अर्को निवेदन पनि सर्वोच्च अदालतमा दर्ता गरेका थिए । त्यो निवेदनमा सर्वोच्च अदालतले कैफियत प्रतिवेदन मगाउने आदेश गरिसकेको छ।
लामिछाने दोस्रोपटक २०८१ चैत २२ गते काठमाडौंबाट पक्राउ परेका छन्। त्यसअघि कात्तिक २ गते काठमाडौंबाटै पक्राउ परेका उनी ८४ दिन हिरासतमा बसेका थिए।