चितवन । चितवनको राप्ती नगरपालिमा रहेको भण्डारा अस्पतालका स्वास्थ्यकर्मी आन्दाेलित बनेका छन् ।
विगत सात महिना अघिदेखि तलव नपाएपछि स्वास्थ्यकर्मीहरुले ओपिडी सेवा बन्द गरेर आन्दाेलनकाे सुरुवात गरेका हुन । आन्दाेलित बनेका स्वास्थ्यकर्मीहरुले आकास्मिक सेवा, डेलिभरी, भिटामिन ए र जुकाकाे औषधि तथा भ्याक्सिन सेवालाई सुचारु राखेर ओपिडी सेवा बन्द गरिएकाे अस्पतालका मेसु डा. विनाेद रिजालले जानकारी दिए ।
भण्डारा अस्पतालमा स्वास्थ्यकर्मी र कर्मचारी गरि स्थायी ७ जना, करार १६ जना र ज्यालादारी १६ जना कार्यरत छन् । स्थायीले एक महिना, करारले तीन महिना र ज्यालादारीले ७ महिना देखि तलव नपाएकाे मेसु रिजालले जानकारी दिए । १० बेडकाे उक्त नगर अस्पतालकाे ओपिडीमा दैनिक १५० बढी विरामीकाे उपचार हुँदै आएकाे छ ।