उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१४ साउनेमा घाँस काट्ने क्रममा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–१४ साउने बस्ने बर्ष ४८ को रामकुमार थापा मगर रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
शनिबार बिहान घरनजिकैको बेलडाडा जङ्गलमा घाँस काट्न गएको मगरको रुखबाट लडेर मृत्यु भएको हो ।
मगरकाे शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल लाने तयारी भइरहेको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।