मेष : सुन्दर पहिरनले व्यक्तित्वमा निखार ल्याउनेछ। मनमा शान्ति छाउनेछ। धार्मिक तथा सांस्कृतिक गतिविधिमा संलग्न भइनेछ। पुनर्मिलनको योग छ। प्रेमीले नयाँ स्थानको भ्रमण गर्ने प्रस्ताव राख्न सक्छन्।भाग्यशाली रङ पर्पल र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ५७, व्यापारमा ६५, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६७ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले वृक्षरोपण गर्ने। छलकपट नगर्ने।
वृष : मध्यम खालको दिन छ। महत्त्वाकाङ्क्षी योजना गोप्य राखेर अघि बढ्नुपर्छ। मध्य दिनपछि नयाँ रचना र ज्ञानमा प्रगति हुनेछ। अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला। नजिकका व्यक्तिको सहयोगबाट कार्य पूरा हुनेछ।भाग्यशाली रङ हरियो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ३५, व्यापारमा ३८, वैदेशिक कार्यमा ३८ र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ४० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीको दर्शन गर्ने। अरूको ईर्ष्या नगर्ने।
मिथुन : दिन सामान्य रहनेछ। अनपेक्षित शुभ समाचारले तपाईँको हौसला बढाउनेछ। सजिलै अरूको विश्वास जित्न सकिनेछ। कुनै न कुनै कुराले मनमा शान्ति छाउनेछ। वैदेशिक बजारबाट राम्रो सफलता मिल्नेछ।भाग्यशाली रङ निलो र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६४, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले निमुखा प्राणीलाई खानेकुरा दिने। भरिसक्के लामो यात्रा नगर्ने।
कर्कट : मनमा फूर्ति र उत्साह बढेकै हुनेछ। राजनीतिक र सामाजिक कार्यमा सफलता मिल्नेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। वैदेशिक बजार र व्यापार व्यवसायमा औसत लाभ हुनेछ। वैदेशिक कार्य सहजै अघि बढ्नेछ।भाग्यशाली रङ खैरो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६५, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा दही खाने। अरूलाई नसताउने।
सिंह : रोकिएका काम पुनः सुरु हुन सक्छन्। आफ्नै दक्षतामा विभिन्न कार्य सम्पन्न होलान्। वैदेशिक कार्य अघि बढ्नेछ। कसैकसैका लागि सन्तान प्राप्तिको योग छ। मन पर्ने व्यक्तिलाई सहयोग गर्न पाइनेछ।भाग्यशाली रङ रातो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ६८, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६८ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भोकालाई भोजन दिने। उत्तर दिशा नजाने।
कन्या : बोलीको भरमा कार्य सम्पादन हुनेछ। लामो समयदेखि रोकिएका काम पूरा हुनेछन्। सामाजिक कृत्यमा सहभागी बनिनेछ। बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ।भाग्यशाली रङ पहेँलो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ३५, व्यापारमा ४९, वैदेशिक कार्यमा ४० र शिक्षामा ३८ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ४२, यात्राको योग ३१ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विद्यार्थीलाई सहयोग गर्ने। सजिलै अरूको विश्वास नगर्ने।
तुला : सुन्दरतामा धन खर्च हुनेछ। मित्रहरूले वचन फेर्लान्। पारिवारिक र प्रेम सम्बन्धमा मनमुटाव आउन सक्छ। झैझमेलाको अवस्था आउला। वैदेशिक क्षेत्रबाट राम्रै सफलता मिल्नेछ।भाग्यशाली रङ सेतो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ६०, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ६६ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान् शंकरजीको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने।
वृश्चिक : अग्रजहरूको सुझावअनुसार अवसर पहिल्याउन सकिनेछ। मनोरञ्जनका साथै धार्मिक कार्यमा रुचि बढ्नेछ। खानपिनको परिकारले मन लोभ्याउनेछ। अधुरो काम पूरा हुनेछ। रमणीय र सुखद यात्राको योग छ।भाग्यशाली रङ गुलाबी र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ७१, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले पितृ देवताको आशीर्वाद लिने। सजिलै अरूको विश्वास नगर्ने।
धनु : घरमा अतिथिको आगमन हुनेछ। रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ। मन मिल्ने साथीको सहयोग र हौसला मिल्नेछ। शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। बोलीको प्रभाव बढ्नेछ।भाग्यशाली रङ खैरो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६३, वैदेशिक कार्यमा ६९ र शिक्षामा ५४ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ६३, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले रोगीलाई सहयोग गर्ने। तामसिक भोजन नगर्ने।
मकर : समय प्रतिकूल भई कुलतमा मन जानेछ। सानातिना समस्यामा अल्झिनुपर्ने देखिन्छ। नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला। मित्रताको बन्धन कसिने बेला छ। साँझमा कुनै कुराले मनमा शान्ति छाउनेछ।भाग्यशाली रङ रातो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ६०, व्यापारमा ४७, वैदेशिक कार्यमा ७७ र शिक्षामा ५० प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ६६, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ३७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान् शंकरजीको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने।
कुम्भ : दिन अविस्मरणीय सम्झनाले बित्नेछ। शुभकार्यमा सहभागिता जनाइनेछ। धनार्जनका नयाँ स्रोत पत्ता लाग्नेछन्। ठूला व्यक्तिले तपाईँको मेहनतको प्रशंसा गर्नेछन्। प्रणय प्रसङ्गका लागि समय श्रेष्ठ छ।भाग्यशाली रङ निलो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ५९, वैदेशिक कार्यमा ६९ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ८०, यात्राको योग ७२ र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले नवग्रहको स्मरण गरी कार्य प्रारम्भ गर्ने। कालो रङको प्रयोग नगर्ने।
मीन : ठूला व्यक्तिले प्रशंसा गर्नेछन्। प्रेमीले नयाँ स्थानको भ्रमण गर्ने प्रस्ताव राख्न सक्छन्। छोटो दूरीको लाभदायक यात्रा होला। कला र गलाको प्रभाव बढ्नेछ। शुभकार्यको चर्चा चल्नेछ।भाग्यशाली रङ गुलाबी र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ६४, व्यापारमा ७८, वैदेशिक कार्यमा ७१ र शिक्षामा ४८ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ५७, यात्राको योग ६५ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले प्यासीलाई पानी दिने। खैरो रङको प्रयोग नगर्ने।