चितवन । नारायणगढ–बुटवल सडक खण्डको नवलपरासीकाे दाउन्नेमा अहिले एकतर्फी रूपमा गाडी चल्न थालेका छन् । दाउन्ने क्षेत्रको बाटो हिलो र चिप्लो भएका कारण हिजो अवरुद्ध भएको थियो ।
बाटो हिलो र चिप्लो तथा टिपरसमेत बिग्रेर समस्या भएकोमा आज बिहानदेखि एकतर्फी सञ्चालन भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) ले जनाएको छ । दाउन्ने क्षेत्रमा गाडी जाममा पर्ने मुख्य समस्या छ । यात्रुले सास्ती खेप्नुपरेको छ ।
राति ११ बजेदेखि बिहान ५ बजेसम्म दाउन्ने सडक बन्द गरेर विस्तारको काम हुँदै आएको छ । दाउन्ने खण्डमा पहाड काट्ने, पर्खाल लगाउने र कल्भर्ट निर्माणको काम भइरहेको अवस्थामा पानी परेपछि थप समस्या परेको हो ।