मेष: कमजोर भएको अनुभूति हुनेछ। मन भावुक र उत्ताउलो बन्नेछ। आफूलाई अनुशासित र संयम बनाउनु पर्छ। जिद्दीपनाले गर्दा काम बिग्रने डर छ। अनावश्यक धन खर्च हुनेछ। मठमन्दिरको भ्रमणले थप ऊर्जा प्रदान गर्नेछ।भाग्यशाली रङ हरियो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ३५, व्यापारमा ३८, सेयर बजारमा ३९, वैदेशिक कार्यमा ३८ र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ४० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज हनुमानजीको दर्शन गरी कार्य प्रारम्भ गर्ने। झुट नबोल्ने।
वृष: पारिवारिक साथ र सुख मिल्नुका साथै खुसीको खबर सुन्न पाउनु हुनेछ। नयाँ ठाउँमा रमाइलो यात्रा हुनेछ। चिताएको कामले तीव्रता लिनेछ। स्वास्थ्य पनि सबल नै रहनेछ। प्रणय सम्बन्धको लागि समय उत्तम छ।भाग्यशाली रङ पर्पल र अङ्क ७ हो। प्रेम र सम्बन्धमा ५७, व्यापारमा ६५, सेयर बजारमा ४०, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६७ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज वृक्षरोपण गरी कार्य प्रारम्भ गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।
मिथुन: कार्य क्षेत्र वा समाजमा कुरा काट्नेको सङ्ख्या बढे पनि दाजुभाइ र साथीले राम्रो सहयोग गर्नेछन्। नोकरी गर्नेले मानसम्मान पाउनेछन्। बहुप्रतीक्षित काममा सफलता हात पर्न सकिन्छ। महिला वर्गबाट विशेष सहयोग मिल्नेछ।भाग्यशाली रङ निलो र अङ्क ६ हो। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६८, सेयर बजारमा ४५, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज निमुखा प्राणीलाई खानेकुरा दिई कार्य प्रारम्भ गर्ने। छलकपट नगर्ने।
कर्कट: लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिँदैन। सामाजिक तथा न्यायिक क्षेत्रमा संलग्न व्यक्तिले राम्रै सफलता प्राप्त गर्नेछन्। धर्म र आस्था बढ्नेछ। रोकिएका काम सुरु हुन सक्छन्। नयाँ कार्य वा रोजगारीको अवसर मिल्नेछ।भाग्यशाली रङ निलो र अङ्क १ हो। प्रेम र सम्बन्धमा ७४, व्यापारमा ५९, सेयर बजारमा ४२, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। अरूको ईर्ष्या नगर्ने।
सिंह: चलाखीपूर्ण बोलीले कार्यसिद्ध हुनेछ। प्रेमका कोपिला फक्रिएर जानेछन्। मान्यजनको सुझाव अप्रिय लाग्नेछ। आफ्नै दक्षतामा विभिन्न कार्य सम्पन्न होलान्। राज्यस्तरबाट लोभ लाग्दा अवसर प्राप्त हुने सम्भावना छ।भाग्यशाली रङ आकासे र अङ्क १ हो। प्रेम र सम्बन्धमा ६६, व्यापारमा ४५, सेयर बजारमा ४०, वैदेशिक कार्यमा ५० र शिक्षामा ५५ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ६६, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ५० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। अरूलाई नसताउने।
कन्या: गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ। पढाइलेखाइमा राम्रो नतिजाका साथ सफलताको सिँढीहरू चढ्न सकिनेछ। बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ।भाग्यशाली रङ खैरो र अङ्क ४ हो। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६९, सेयर बजारमा ५८, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा दही खाने। सेतो रङको प्रयोग नगर्ने।
तुला: लामो समयदेखिका बाधा फुकुवा हुनेछन्। कुनै कारणवश रोकिएको कामले गति लिन सक्छ। मित्रहरूबाट सहयोग जुट्नेछ। चिताएको कामले तीव्रता लिनेछ। साथीको सहयोग र हौसला मिल्नेछ।भाग्यशाली रङ पहेँलो र अङ्क ९ हो। प्रेम र सम्बन्धमा ३५, व्यापारमा ४९, सेयर बजारमा ३९, वैदेशिक कार्यमा ७७ र शिक्षामा ३५ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ४२, यात्राको योग ३१ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विद्यार्थीलाई सहयोग गर्ने। सजिलै अरूको विश्वास नगर्ने।
वृश्चिक: लाभहानि, आयव्यय बराबरी हुनेछ। मनमा दोधारको अवस्था सिर्जना होला। धन पनि हात पर्नेछ। सामाजिक कार्य गर्दा मानप्रतिष्ठा कायम राख्न गोपनीयतामा ध्यान पुर्याउनुहोला।भाग्यशाली रङ रातो र अङ्क ९ हो। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६८, सेयर बजारमा ४५, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६८ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भोकालाई भोजन दिने। उत्तर दिशा नजाने।
धनु: सुन्दर पहिरनले व्यक्तित्वमा निखार ल्याउनेछ। चलाखीपनले कार्यसिद्ध हुन सक्छ। प्राविधिक कार्यमा लगाव बढ्नेछ। वैदेशिक कार्य कमजोर रहनेछ। झैझगडा र मुद्दामामिलाबाट टाढिनु नै जाति हुन्छ।भाग्यशाली रङ सेतो र अङ्क १ हो। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ६०, सेयर बजारमा ३५, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ६६ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भगवान् शंकरजीको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने।
मकर: धार्मिक तथा सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ। काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ। न्यायिक कार्यमा सफलता मिल्नेछ। प्रेम सम्बन्धमा मधुरता छाउनेछ। सामाजिक कामबाट सफलता पाइनेछ।भाग्यशाली रङ गुलाबी र अङ्क ८ हो। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ७१, सेयर बजारमा ४६, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज पितृ देवताको आशीर्वाद लिने। सजिलै अरूको विश्वास नगर्ने।
कुम्भ: रोकिएको कार्य पुन: सुचारु हुनेछन्। हाँसखेल र मनोरञ्जनपूर्ण समय रहनेछ। नयाँ र शुभ कार्यको योजना बन्नेछन्। सृजनात्मक क्षमतालाई प्रस्फुटन गर्न सक्नुहुन्छ। परोपकार तथा पुण्य आर्जन गर्न संलग्न भइनेछ।भाग्यशाली रङ रातो र अङ्क २ हो। प्रेम र सम्बन्धमा ६०, व्यापारमा ४७, सेयर बजारमा ३२, वैदेशिक कार्यमा ७७ र शिक्षामा ५० प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ६६, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ३७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भगवान् शंकरजीको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने।
मीन: सोचेजस्तो लाभ हासिल गर्न केही समय कुर्नुपर्नेछ। घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ। बाहिरी खानपान, समय र स्वास्थ्यको विशेष ख्याल गर्नुहोला। साँझमा कुनै समाचारले मन खुसी रहला।भाग्यशाली रङ गुलाबी र अङ्क ७ हो। प्रेम र सम्बन्धमा ६४, व्यापारमा ७८, सेयर बजारमा ४९, वैदेशिक कार्यमा ७१ र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ५७, यात्राको योग ६५ र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज प्यासीलाई पानी दिने। खैरो रङको प्रयोग नगर्ने।