चितवन।नेपाली कांग्रेस खैरहनी नगर सभापतिमा गुणराज श्रेष्ठ निर्वाचित भएका छन् ।
शनिबार साँझ भएको मतदानबाट १४५ मतका साथ श्रेष्ठ सभापतिमा निर्वाचित भएका हुन् भने, उनका प्रतिद्धन्द्धी साथै वर्तमान सभापति समेत रहेका शशी खनियाँले १४२ मत प्राप्त गरे ।
उपसभापतिमा प्रेमप्रसाद रेग्मी १४२ र विक्रम पंजियार महतो १३५ मतका साथ निर्वाचित भएका छन् । निर्वाचित दुवै जना खनियाँ प्यानलका हुन् । सचिवमा अनुप अधिकारी १५५ र टिकादत्त इटनी १५३ निर्वाचित भएका छन् ।
त्यस्तै सह–सचिवमा राजेन्द्र रिजाल १३९ र अमृता उप्रेती १३६ निर्वाचित भएका छन् ।
यस्तै कार्यसमिति सदस्यमा खसआर्य तर्फ कुशलराज गिरी १४८, किरण अधिकारी १४७, केशव लम्साल १३६, चन्द्रकान्त पाण्डे १३०, शंकर प्रसाद पाण्डे १२७, प्रकाश मुडबरी १२६ निर्वाचित भएका छन् ।
इच्छाकामना गाउँपालिकाको सभापतिमा कृतिकुमार श्रेष्ठ
नेपाली कांग्रेस चितवनको इच्छाकामना गाउँपालिकाको सभापतिमा कृतिकुमार श्रेष्ठ निर्वाचित भएका छन् ।
हिजो राति सकिएको मतगणनामा ६६ मतका साथ श्रेष्ठ सभापतिमा निर्वाचित भएका हुन् भने उनका प्रतिद्धन्द्धी विष्णु कुमार कुवँरले ६२ मत प्राप्त गरे ।
यस्तै उपसभापतिमा देवलाल गुरुङ ७२ र दीपक खनाल ६८ मतका साथ निर्वाचित भएका छन् । सचिवमा तुलबहादुर गुरुङ ७७ र हिरा गुरुङ ६६ मतका साथ विजयी भएका छन् । सह–सचिवमा उत्तर कुमार गुरुङ ७८र सुधिर अधिकारी ७९ मतका साथ बिजय भए।
राप्तीको सभापतिमा देबेन्द्र लामा
नेपाली कांग्रेस राप्तीको सभापतिमा देबेन्द्र लामा निर्वाचित भएका छन् ।
शनिबार राति गरिएको मतगणनामा १२७ मत प्राप्त गर्दै लामा अध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रतिद्धन्द्धी नारायण उप्रेतीले ८७ मत प्राप्त गरे । उपसभापतिमा अनिता खरेल र कृष्णप्रसाद पाण्डे निर्वाचित भएका छन् ।