चितवन । चितवनको खैरहनी नगरपालिका–१३ स्थित चितवन राष्ट्रिय निकुञ्जको कुमरोज सामुदायिक वनभित्र जंगल सफारीमा गएको जीप दुर्घटना हुँदा आठ जना घाइते भएका छन् । आठ जनामध्ये सात जना एकै परिवारको रहेका छन् ।
शनिबार दिउँसो करिब ३ बजे सफारीको लागी गएको ना ३ च १८६१ नम्बरको सफारी गाडी आफै अनियन्त्रित भई पल्टिँदा गाडिमा सवार ८ जना यात्रुहरु घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । घाइतेमध्ये दुई जनाको अवस्था मध्यम र छ जनाको अवस्था सामान्य रहेको छ । गाडी चालक फरार भएको प्रहरीले बताएको छ ।
गाडी धनी राप्ती नगरपालिका–९ बस्ने वर्ष ४५ को ईश्वरी बोगटी सम्पर्कमा आएका छन् । मध्यम घाइते हुनेहरुमा सवारी गाइड रत्ननगर नगरपालिका–७ बस्ने वर्ष ४१ को परशुराम बोटे र यात्रु नवलपुर त्रिवेणी नगरपालिका–५ बस्ने वर्ष ३० की इशुमाया श्रेष्ठ रहेका छन् ।
त्रिवेणी–५ बस्ने वर्ष ५ को क्रिजल श्रेष्ठ, वर्ष १० की निरजल श्रेष्ठ, वर्ष २ की क्रिन्जल श्रेष्ठ, वर्ष ३८ को नारायण श्रेष्ठ, र्ष २१ की सोनु श्रेष्ठ, वर्ष १९ की प्रतिमा श्रेष्ठ रहेका छन् । पाँच जना घाइतेको स्थानीय मेडिकलमा उपचार भइरहेको छ भने तीन जना डिस्चार्ज भएका छन् ।