चितवन । पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नं १५ का महिलाहरुलाई उद्यमी बनाउन अचार बनाउने तालिम दिइएको छ । वडा कार्यालयको बजेटबाट उद्यमशिल महिला समुह वडा समितिले तालिम आयोजना गरेको हो । सीप विकास मार्फत महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले आयोजित तालिम विहीबार सकिएको छ ।
सहभागीहरुले तालिममा सिकेको सीपलाई अबसरको रुपमा लिएर आर्थिक उपार्जनको माध्यम बनाउने प्रतिबद्धता जनाएका छन् । समापन कार्यक्रममा वडाअध्यक्ष आशिक तामाङ सहितका जनप्रतिनिधिहरुले सहभागीहरुलाई प्रमाणपत्र हस्तान्तरण गरेका थिए । सो अबसरमा वडाध्यक्ष तामाङले वडा कार्यालयले महिलाहरुलाई आत्मर्निभर बनाउन सीप मुलक तालिममा लगानी गरेको भन्दै लगानी खेर नजाने गरी उत्पादनशिल क्षेत्रमा काम गर्न आग्रह गरे ।
सीप सिकेर चुप लागेर बसियो भने राज्यको लगानी खेर जान्छ उनले भने यसलाई अबसरको रुपमा लिएर उत्पादन सुरु गर्नुहोस । तालिमको प्रशिक्षकमा सरस्वती लामा र संगिता खनाल प्रशिक्षक रहेका थिए ।
उद्यमशिल महिला समुह वडा समितिकी अध्यक्ष कान्ता रेग्मीको अध्यक्षतमा भएको समापन कार्यक्रममा वडा सदस्यहरु लीलादेवी चापागाईँ, इमप्रसाद पन्त, शिव तिवारी, रुकमाया विक, मेलमिलाप समितिकी संयोजक कोपिला पौडेल लगायतको उपस्थिति रहेको थियो ।
उद्यमशिल महिला समुह वडा समितिकी कोषाध्यक्ष कोपिला अधिकारीले स्वागत मन्तव्य राखेका सो कार्यक्रममा उद्यमशिल महिला समुह रत्ननगरकी उपाध्यक्ष शान्ति ढकाल, सहभागीको तर्फबाट कल्पना काप्री, प्रशिक्षक सरस्वती लामा लगायतले मन्तव्य राखेका थिए । कार्यक्रम सचिव रेनु ढकालले सञ्चालन गरेकी थिइन् ।