नवलपुर। गैँडाकोट नगरपालिका–१ स्थित नारायणी नदीमा बेपत्ता भएका दिदीभाइको शव फेला परेको छ।
मंगलबार साँझ नारायणीमा बेपत्ता भएका उनीहरुको शव बुधबार सशस्त्र प्रहरीको गोताखोर टोलीले निकालेको सहस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।
डीएसपी थापाका अनुसार गैँडाकोट- १ का १३ वर्षीया दीक्षा सेर्पुञ्जा र ९ वर्षीय स्वप्निल सेर्पुञ्जा मंगलबार साँझ साढे पाँच बजे नारायणीमा डुबेर बेपत्ता भएका थिए।
सशस्त्र प्रहरी बल नेपाल नं १७ गण चितवनबाट सशस्त्र प्रहरी सहायक निरीक्षक भुपबहादुर बढाथोकीको कमाण्डमा खटिएको गोताखोरसहितको टोलीले स्वप्निल सेर्पुञ्जाको शव ३५ फिट गहिराइबाट निकालेको हो। दिक्षा सेर्पुञ्जाको शव ५० फिट गहिराइबाट निकालिएको एसपी थापाले बताए।