चितवन । चितवनको रत्ननगरमा गैंडाको आक्रमणबाट तीन महिला घाइते भएका छन् ।
आज मंगलबार दिउँसो ११:२० बजेको समयमा रत्ननगर नगरपालिका-७ बाघमारास्थित जंगलमा घाँस काट्न जाने क्रममा महिलाहरुलाइ गैंडाले आक्रमण गरेको हो ।
घाइते हुनेहरुमा रत्ननगर-७ बस्ने वर्ष ५४ की ठुली तामाङ, सोही ठाउँ बस्ने ५६ वर्षीय जानती महतो र ५५ बर्षीय विष्णु कुमारी सुवेदी रहेका छन् ।
तामाङ र महताेकाे भरतपुर अस्पतालमा उपचार भइरहेको छ भने सुवेदीको स्थानीय राज मेडिकलमा उपचार गरिएकाे जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता रवीन्द्र खनालले जानकारी दिए ।