काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले प्रहरीले दुर्गा प्रसाईंलाई नपक्रिएकोमा आपत्ति जनाएका छन् ।
बल्खुमा आयोजित आमसभामा उनले चैत १५ गते तीनकुनेमा प्रहरीलाई किचौँलाजसरी आएका प्रसाईंंलाई पक्राउ नगरी पठाएको र मञ्चमा भएका नेतालाई अश्रुग्यास हानिएको आरोप लगाए ।
“तपाईंले दुर्गा प्रसाईंलाई पक्रन सक्नुुहुन्थ्यो । दुर्गा प्रसाईंलाई पक्रनुपर्थ्यो, पर्दैनथ्यो भनेर विपरीत कुरा गर्न खोजेको होइन । तर, तपाईंलाई किचौंँलाजसरी आएको दुर्गा प्रसाईंलाई पक्रन सक्नुहुन्थ्यो,” उनले भने, “तर, पुलिसको फन्दामा परेको दुर्गा प्रसाईंलाई ढुक्कले निकालेर पठाउनुभयो । तर, मञ्चमा भाषण गरेका नेतालाई अश्रुग्यास बर्साउनुभयो ।”
लिङ्देनले तीनकुने घटनाको जिम्मेवारी प्रधानमन्त्री, गृहमन्त्री र प्रहरी प्रमुखले लिनुपर्ने बताए । त्यो दिन राज्यकै तर्फबाट हिंसा भड्काइएको उनले दाबी गरे ।
“राष्ट्रिय प्रजातन्त्र कुनै पनि प्रकारको हिंसामा विश्वास गर्दैन । हिंसाको विरुद्धमा छौँ । त्यो, हिंसा राज्यको तर्फबाट भड्काइएको थियो,” उनले भने ।