चितवन। बिपि कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरले थप सेवा विस्तार गर्ने भएको छ । क्यान्सरका बिरामीहरुलाइ मध्यनजर गर्दै अस्पतालले सेवा विस्तार गर्न लागेको जनाएको छ । अस्पतालले PET CT, CYCLOTRON AND BONE MARROW TRANSPLANTATION उपकरणहरु छिट्टै सन्चालनमा ल्याइ आफ्नो सेवालाइ बिरामीको पहुँचमा पुर्याउने योजना बनाइएको अस्पताल सन्चालक समितिका अध्यक्ष डा बिजयराज न्यौपानेले बताए ।
अस्पतालले सोमबार PET CT, CYCLOTRON AND BONE MARROW TRANSPLANTATION सम्बन्धि आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन (EIA) सम्बन्धि मस्यौदा प्रतिवेदन माथिको सार्वजनिक सुनुवाई कार्यक्रम समेत गरेको छ । सार्वजनिक सुनुवाइमा सम्बन्धित क्षेत्रका बिषयगत बिज्ञहरु,जनप्रतिनिधिहरु र स्थानीयहरुको सहभागिता रहेको थियोे । अस्पतालले
सहभागीहरुबाट प्राप्त भएका राय सुझावहरुलाई टेकेर उक्त सेवा विस्तार गर्ने भएको हो ।
कार्यक्रममा बोल्दै वातावरण बिज्ञ प्रकाश किरणगज थापाले अस्पतालले विस्तार गर्न लागेको आयोजनाले स्थानीय स्तरमा प्रतिकुल समस्या नपार्ने प्रष्ट पारे । उनले यस्ता खालका उपकरणहरुबाट निस्कने विकिरणले स्थानीय स्तरमा असर पुर्याउन सक्ने सम्भावना रहने हुँदा त्यस तर्फ अस्पतालले निगरानीका पुर्याएको पनि बताए ।
अर्का वातावरण इन्जिनियर अशोक काफ्ले र उत्सव भट्टराईले यसबाट वातावरणमा कुनै असर नपर्ने बताए । उनिहरुले भने,यो प्रविधिले वातावरणलाई असर नगर्ने गरि डिजाइन गरिएको छ ।
भरतपुर ७ का अध्यक्ष राजेन्द्र मणि काफ्लेले सेवा विस्तार गर्नु उदाहरणीय कार्य भएको बताउदै यसबाट स्थानीयलाई उपेक्षित गर्न नहुने तर्क राख्नु भयो । उहाँले अस्पताल प्रशासन बिरामी प्रती जवाफदेहिता नभएको उल्लेख गर्दै दुखिको सेवामा लाग्न आग्रह समेत गर्नु भयो । अध्यक्ष काफ्लेले अस्पतालको हसपिस कसका लागि हो भनेर प्रशासन समक्ष प्रती प्रश्न समेत गरे ।
कार्यक्रममा भरतपुर ४ का अध्यक्ष अर्पण पोख्रेल,सदस्य बिजय सापकोटा,विभिन्न सरकारी कार्यलयका प्रमुख तथा प्रतिनिधिहरु,छिमेकी टोल बिकास सस्थाका अध्यक्ष एवं सदस्यहरु तथा सरोकारवालाहरुको सहभागिता रहेको थियोे । रमेश राज पाण्डेले सन्चालन गर्नुभएको कार्यक्रम अस्पताल सन्चालक समितिका अध्यक्ष डा बिजयराज न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको थियोे ।