चितवन । माडी नगरपालिका वडा नं ९ राइटोलका सुकुम्बासी चेपाङ परिवारका बालबालिकाहरुलाई शनिबार स्टेशनरी सामान वितरण गरिएको छ । स्टेशनरी सामानको अभावले बालबालिकालाई स्कुल जान समस्या भएको थाहा पाएपछि होली भिजन पब्लिक स्कुल भरतपुरका सञ्चालक एवम् सञ्चारकर्मी नारायण सापकोटा, विश्व पुस्तक पसल लड्कुका सञ्चालक विरेन्द्र न्यौपाने र सामाजिक व्यक्तित्व एवम् युवा उद्यमी श्रीप्रसाद दवाडीको संयुक्त सहयोगमा स्टेशनरी सामान वितरण गरिएको हो ।
स्टेशनरी वितरण कार्यक्रममा माडी नगरपालिकाका प्रवक्ता एवम् वडा नं का वडाध्यक्ष शिवहरि सुवेदी, कृष्णनगर मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारादमणि पौडेल, सामाजिक व्यक्तित्व एवम् युवा उद्यमी श्रीप्रसाद दवाडी, वडा नं ९ कि वडा सदस्य पूर्णीमाया चेपाङ लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा १ सय जना विद्यार्थीहरुका लागि स्टेशनरी वितरण गरिएको थियो । वडा सदस्य पूर्णीमाया चेपाङले विपत्तिको बेलामा सुकुम्बासी चेपाङ बालबालिकालाई सहयोग गर्ने सहयोगीहरुप्रति सुकुम्बासी चेपाङ परिवारको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गर्नुभयो ।