काठमाण्डौ । आज सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेको छ । सुनको भाउ ताेलामा सात सय रुपैयाँले घटेर एक लाख ७३ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
गएको बिहिवार सुनको भाउ अहिलेसम्मकै उच्च एक लाख ८० हजार तीन सय रुपैयाँ पुगेको थियो । त्यसयता सुनको भाउ लगातार घटिरहेको छ ।
यस्तै आज चाँदीको भाउ भने बढेको छ । चाँदीको भाउ तोलामा ३० रुपैयाँले बढेर एक हजार आठ सय ३० रुपैयाँमा कायम भएको महासङ्ले जनाएको छ । हिजो चाँदी तोलाको एक हजार आठ सय रुपैयाँ कायम भएको थियो ।