चितवन। पूर्वी चितवनका पत्रकारले काठमाडौँमा भएको आन्दोलनमा समाचार सङ्कलन गर्ने क्रममा ज्यान गुमाएका पत्रकार सुरेश रजक र सञ्चारमाध्यममाथि भएको आक्रमणको विरोधमा आज प्रदर्शन गरेका छन् ।
शुक्रबार भएको हिंसात्मक प्रदर्शनका क्रममा एभिन्युज टेलिभिजनमा कार्यरत रजकको आगलागीमा परी मृत्यु भएको थियो । उक्त घटनाको विरोधस्वरुप आज बिहान रत्ननगरको सौराहा चोकमा पत्रकारहरुले प्रदर्शन गरेका हुन्।