चितवन । चितवनमा आधारभूत भलिवल प्रशिक्षक प्रशिक्षण कार्यक्रम सुरु भएको छ । चितवन जिल्ला खेलकुद बिकास समितिको आयोजनामा शुक्रबारबाट प्रशिक्षण कार्यक्रम सुरु भएको हो ।
हिमालय दण्डपाणी न्यौपाने माविमा सुरु भएको कार्यक्रमको बागमती प्रदेश खेलकुद परिषद्का सदस्य सचिव दीपक लामाले उद्घाटन गरेका थिए । सो क्रममा लामाले जिल्ला खेलकुदले पछिल्लो समय गरिरहेको गतिविधिहरुको प्रशंसा गरे । उनले प्रशिक्षकका लागि यो कार्यक्रम फलदायी हुने बताए ।
प्रशिक्षणमा बागमती प्रदेशका १३ जिल्लाबाट ४५ जना भलिवल प्रशिक्षकहरु सहभागी छन् । उनीहरुलाई राष्ट्रिय खेलकुद परिषदका खेल विज्ञ शिवराज भट्ट र भलिवल प्रशिक्षक जगदिश भट्टले प्रशिक्षण दिने जिल्ला खेलकुद बिकास समितिका सदस्य सैलेश थापाले जानकारी दिए ।
चितवन जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष राजन कार्कीको अध्यक्षमा सम्पन्न उद्घाटन कार्यक्रममा बागमती प्रदेश कँराते प्रमुख गगन लामा, कार्यक्रम संयोजक एवं व्यवस्थापक रामहरि ढकाल, समितिका जिल्ला सदस्य छविरमण तिमल्सिनालगायत उपस्थित थिए । प्रशिक्षण चैत २० गतेसम्म चल्नेछ ।