काठमाडौं । धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङले राजतन्त्र र गणतन्त्र पक्षधरको शुक्रबारको प्रदर्शनप्रति कटाक्ष गरेका छन् ।
आफ्नो काम र विचारका कारण चर्चामा रहँदै आएका मेयर साम्पाङले पूर्व राजालाई कटाक्ष गर्दै भनेका छन्, ‘राजा आऊ, बेस्सरी पाईप तानेर जाऊ !’ त्यस्तै उनले नेताहरुलाई भने ढुंगा बोक्न आउन आग्रह गरेका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकममा लेखेका छन्, ‘राजा आऊ, बेस्सरी पाईप तानेर जाऊ ! नेता आऊ, रास रास ढुंगा बोकेर जाऊ । काम गर्नु छैन बात कर्ता हे !’
आज शुक्रबार समाजवादी मोर्चा नेपालले गणतन्त्रका पक्षमा र राजतन्त्र पक्षधरले राजतन्त्रको पक्षमा काठमाडौंमा जनप्रदर्शन गर्दै छन् ।
दुवै प्रदर्शनअघि उपत्यकाका विभिन्न स्थानबाट सुरु भएर र्याली जुलुसहरु तोकिएका स्थानमा जम्मा हुने क्रम जारी छ । जसको कारण उपत्यकाको यातायात अस्तव्यस्त बनेको छ । फरक–फरक दुई प्रदर्शनलाई मध्यनजर गर्दै नेपाल प्रहरीले सुरक्षा व्यवस्था चुस्त बनाएको छ ।