काठमाण्डाै । काठमाण्डौको तीनकुनेमा राजावादीहरूले व्यक्तिका घरमा आगजनी र तोडफोड गरेका छन् ।
आन्दोलनको नेतृत्व गरेका दुर्गा प्रसाईं आफैँ गाडी चलाएर प्रहरीको घेरा तोड्दै अगाडि बढेपछि प्रहरीले बल प्रयोग गरेको थियो । प्रहरीको हस्तक्षेपपछि तितरबितर भएका आन्दोलनकारीले व्यक्तिका घरमा तोडफोड र आगजनी गरेका हुन् । उनीहरूले आगो निभाउन गएको दमकलमा समेत ढुङ्गामुढा गरेका छन् ।
आन्दोलनकारीले प्रहरीको बन्दुकसमेत खोसेका छन् । तीनकुनेमा रहेको अन्नपूर्ण पोस्टको कार्यालयमा समेत आन्दोलनकारीले ढुङ्गा हानेका छन् ।
भृकुटीमण्डपमा समाजवादी मोर्चाले शान्तिपूर्ण सभा गरिरहँदा राजावादीहरूले तीनकुनेमा गरेको प्रदर्शन उग्र बनेको हो ।