काठमाडौँ । एसियाली फुटबल महासङ्घ (एएफसी) महिला एसियन कप-२०२६ छनोटमा नेपाल समूह ‘एफ’मा परेको छ ।
महासङ्घले मलेसियाको क्वालालम्पुरस्थित एएफसी हाउसमा आज सर्वजनिक गरेको समूह विभाजनमा नेपाल ‘एफ’मा परेको हो । नेपालको समूहमा उज्बेकिस्तान, लाओस र श्रीलङ्का छन् ।
आगमी जुन महिनामा समूह ‘एफ’को छनोट खेल उज्बेकिस्तानमा हुनेछ । नेपालले आफ्नो समूहमा शीर्षस्थान हात पार्न सके पहिलो पटक एसियन कप खेल्नेछ । एएफसी महिला एसियन छनोटमा विभिन्न ३४ देशलाई आठ समूहमा विभाजन गरिएको छ ।
जसमा हरेक समूहको विजेताले अष्ट्रेलियामा हुने एसियन कप खेल्नेछन् । एसियन कप सन् २०२६ मार्चमा अष्ट्रेलियामा हुँदैछ ।