काठमाडौ । दक्षिण कोरियामा भीषण आगालागी भएको छ । आगलागीमा परी २४ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।दक्षिण कोरियाको दक्षिण–पूर्वी क्षेत्रमा जङ्गलमा आगलागी भएको हो ।
आगलागीका कारण २३,००० भन्दा बढी मानिस विस्थापित हुनुपरेको समाचारमा बताइएको छ । त्यस्तै २६ जना घाइते भएका छन् । घाइतेमध्ये १२ जनाको अवस्था गम्भीर रहेको छ ।आगलागीबाट प्रभावित हुनेहरूमा ६०–७० उमेरका बढी रहेका छन् ।
आगलागीका कारण उइसोङ सहरमा रहेको १,३०० वर्ष पुरानो मन्दिर पनि खतरामा रहेको बताइएको छ । आगलागीबाट बचाउन त्यहाँ रहेका धेरै सांस्कृतिक सम्पदाहरू सुरक्षित स्थानतिर सारिएको छ ।आगलागी सान्चिओङबाट शुक्रबार सुरु भएको थियो । आगलागी बढ्दै गएर उइसोङ पुगेको हो ।
आगालागी नियन्त्रणका लागि अग्नि नियन्त्रक र करिब ५,००० जना सुरक्षाकर्मी परिचालन गरिएको छ ।