काठमाडौँ। रचिन रविन्द्र र कप्तान रितुराज गाइकाडको अर्धशतक सहयोगमा मुम्बइ इण्डियन्सलाई पराजित गर्दै चेन्नइ सुपर किंग्सले इण्डियन प्रिमियर लिग (आईपीएल) मा विजयी सुरुवात गरेको छ।
आइतबार राति भएको खेलमा चेन्नइले मुम्बईलाई ४ विकेटले पराजित गर्दै आइपीएलमा सुखद् सुरुवात गरेको हो। मुम्बइले दिएको १ सय ५६ रनको लक्ष्य चेन्नईले ५ बल अगावै ६ विकेटको क्षतिमा भेट्टायो।
चेन्नइका लागि ओपनर रचिन र कप्तान रितिराजको अर्धशतक महत्वपुर्ण रह्यो। ओपनर रचिन ६५ रनमा अविजित रहे। रचिनले ४५ बलमा २ चौका र ४ छक्का प्रहार गरे। रितिराजले २६ बलमा ६ चौका र ३ छक्का सहयोगमा ५३ रन बनाउँदा क्याच आउट भए।
रविन्द्र जडेजा १७ रन बनाउँदा रन आउट भए। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्। मुम्बईका भिगनेसले ३ विकेट लिए। दिपक चाहार र विल ज्याक्सको नाममा समान एक विकेट रह्यो।
त्यसअघि चेन्नइको एमए चिदम्बरम स्टेडिययमा चेन्नइले टस जितेर फिल्डिङ रोेजपछि ब्याटिङ गरेको मुम्बइले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ५५ रनको योगफल तयार पारेको थियो।
मुम्बइका लागि तिकल बर्माले बनाएको ३१ रन नै सर्वाधिक रह्यो। कप्तान सुर्यकुमार यादव २९ रन बनाउँदा आउट भए। नमन धिरले १७ र रायन रिकेन्टोनले १३ रन थपे। मिचेल सान्टनरले ११ रन बनाए।
मुम्बइलाई कम स्कोरमा रोक्न चेन्नइका नुर अहमदले ४ विकेट लिए। उनले आफ्नो स्पेलमा मात्र १८ रन दिएर ४ विकेट आफ्नो नाममा गरे। खलिल अहमदले चार ओभरमा २९ रन दिएर ३ विकेट झारे। नाथन एलिस र रविचन्द्रन अश्विनले समान एक विकेट लिए।