चितवन। अनेरास्ववियु चितवन चितवन ईन्जिनियरिङ क्याम्पसको अध्यक्षमा बसन्ती तामाङ चयन भएकी छन् ।
आज सम्पन्न एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) क्याम्पस कमिटीको सम्मेलनले तामाङको नेतृत्वमा सर्वसम्मत १३ सदस्यीय क्याम्पस कमिटी चयन गरेको हो ।
कमिटीको उपाध्यक्षहरुमा विशाल पोखरेल, सुकृती पराजुली, सचिवमा रक्षा शर्मा, सहसचिवहरुमा अंकित पाठक, अंकित पौडेल र कोषाध्यक्षमा सीजन शर्मा चयन भएकी छन् । सदस्यहरुमा प्रतिज्ञा न्यौपाने, प्रतिभा धामी, जया पाठक, भावना बोहरा र प्रविश कुमार शाह रहेका छन् ।
अनेरास्ववियु चितवनका सचिव अमित आचार्यको प्रमुख आतिथ्यता एवम् अनेरास्ववियुका नेताहरु सुचना शर्मा, आयुष विप न्यौपाने र सागर न्यौपानेको उपस्थितिमा सर्वसम्मतबाट क्याम्पस कमिटी गठन गरिएको हो ।