चितवन । गामबेसीको चेपाङ संरक्षण केन्द्रलाई सोमबार नगद सहित खाद्यान्न सहयोग गरिएको छ ।
रत्ननगर वडा नं १४ पिठुवामा अबस्थित एसवाई प्यानल लिमिलेडले सामाजिक उत्तरदायित्व बहन गर्दै नगद एक लाख सहित ४ लाखको खाद्यान्न सहयोग गरिएको कम्पनीका निर्देशक अनिल सापकोटाले जानकारी दिए ।
केन्द्रमा एक औपचारिक कार्यक्रमको आयोजना गरि कप्पनीका निर्देशक ली ह्वाङछुन, निर्दैशकहरु अनिल सापकोटा र अबिरल जिम्बाले केन्द्रका अध्यक्ष केपिकिरण शर्मालाई एक लाखको चेक र खाद्यान्न हस्तान्तरण गरेका थिए ।
सो कम्पनीले ४ लाख बराबरको चामल, दाल र तेल प्रदान गरेको हो । सो अबसरमा बोल्दै केन्द्रका अध्यक्ष शर्माले केन्द्र स्थापनाको इतिहासमै एसवाई प्यालनबाट सबै भन्दा ठुलो सहयोग भएको बताए । उनले कम्पनीले प्रदान गरेको एक लाख रुपैया चेपाङ बालबालिकाको शिक्षामा लगानी गर्ने बताए ।
कार्यक्रममा कम्पनीका म्यानेजरहरु मनिष बानिया, मार्केटिङ म्यानेजर योगेश श्रेष्ठ, समाजसेवी संगिता भट्टराई लगायतको उपस्थिति रहेको थियो ।
सन २०१७ सालमा स्थापना भएको सो कम्पनीले १० प्रकारका प्यानल सहित झ्याल ढोका उत्पादन गर्दै आएको छ । सो कम्पनीका उत्पादन भएका सामग्रीहरु भारत त भूटानमा समेत निर्यात गरिदै आएको छ ।