चितवन । शैक्षिक सत्र २०८१ मा दान-आशा फाउन्डेसनबाट भरतपुर २६ का चार विद्यालय र ४२ जना विद्यार्थी लाई छात्रावृति वितरण गरेको छ।
आदर्श माविका कक्षा ८ का ३ जना, कक्षा ९ का १२ जना र कक्षा १० का १२ जना, राष्ट्रिय आधारभूत विद्यालय खद्रौलीका कक्षा ७ का ३ जना र कक्षा ८ का ३ जना, कोईलाहा आधारभूत विद्यालयमा अध्ययनरत कक्षा ७ का ३ जना र कक्षा ८ का ३ जना र रातापुर आधारभूत विद्यालय रोदी गाउँमा अध्ययनरत कक्षा ८ का ३ जना गरी जम्मा ४२ जना विपन्न, गरिब, अपाङ्ग, जेहेन्दार छात्राहरूको पहुँच बढाउने साथै गुणस्तरीय शिक्षाको माध्यमबाट छात्राहरूको सम्भाव्य क्षमताको अभिवृद्धि गराउने अभिप्रायले छात्रवृत्ति प्रदान गरेको हो ।
फाउन्डेसनले विगत ३ वर्ष देखि निरन्तर रूपमा छात्राहरूको सम्पूर्ण अध्ययन खर्च, कापी कलम पुस्तक परीक्षा शुल्क, कक्षा शुल्क साथै अतिरिक्त कक्षा शुल्क विद्यालय ड्रेस, जुत्ता, लगायत सम्पूर्ण खर्च उपलब्ध गराई सहयोग गर्दै आइरहेको आदर्श माविका प्रधानाध्यापक मित्र बन्धु चापागाईँले बताउनुभयो।
फाउन्डेसनको सहयोग र सञ्चालकहरूको वार्षिक भेटघाट अन्तरक्रिया र छलफल (विद्यार्थी र अभिभावकसँग) बाट विद्यालयहरूमा अध्ययनरत गरिब विपन्न, अपाङ्ग जेहेन्दार छात्राहरूको पठन पाठनमा अत्यन्त ठुलो सहयोग पुगेको र वार्षिक भेटघाटको अन्तरक्रिया र छलफल बाट विद्यार्थीहरूको बुझेर पढ्ने र समय दिएर पढेको वाट अन्तिम परीक्षामा राम्रो अङ्क ल्याएर उत्तीर्ण गरेको साथै पढ्ने बानीमा सुधार भएको भन्दै ४ वटा विद्यालयका प्रधानाध्यापहरुले फाउन्डेसनलाई धन्यवाद ज्ञापन दिएका छन्।
यसै क्रममा फाउन्डेसनका कार्यक्रम संयोजक डम्बर बहादुर गुरुङले विद्यार्थीहरू अनुशासित भएर पढ्न बानी, बसेको र राम्रो अङ्क ल्याएर उत्तीर्ण गरेकोमा खुसी व्यक्त गर्दै संयोजक गुरुङले बर्सेनि छात्रवृत्तिको कार्यक्रम निरन्तरता हुने बताउनुभयो। ललितपुरमा मुख्य कार्यालय रहेको फाउन्डेसनले सामाजिक कार्यहरू गर्दै आइरहेको छ ।